काठमाडौं– नेपाली कांग्रेसको शीर्ष नेताको बैठक आज पनि बस्दै छ। दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठक महाधिवेशनको विषयमा केन्द्रित रहनेछ।
आजको बैठकमा क्रियाशील सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
मंगलबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष पेश गरेको प्रतिवेदनमा अझै केही मिलाउन सकिने विषय रहेकाले त्यसलाई मिलाउन भन्दै समितिलाई आज दिउँसो सम्मको समय उपलव्ध गराइएको थियो।
यसअघि बुधबार पनि देउवा निवास बुढानीलकण्ठमा करिब ४ घन्टा छलफल चलेको थियो। बैठकमा विशेष महाधिवेशनको विषयसमेत उठेको छ। आजको बैठकमा यो विषयले पनि प्रवेश पाउने जनाइएको छ।
समय प्रतिकूल रहेको कारण देखाउँदै इतर पक्षका नेताहरुबाट विकल्पमा विशेष महाधिवेशन गर्न सकिने विषय उठेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।