काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) सत्तापक्षीय गठबन्धन बैठकमा छिटै सरकारलाई पूर्णता दिने र साझा कार्यक्रम ल्याउनेबारे छलफल, सरकारमा सहभागिताबारे माधव नेपालसँग छलफल गरेर टुंगोमा पुग्ने ।
२) स्वास्थ्य मापदण्ड पालना गराएर मात्रै परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई संसदीय समितिको निर्देशन, सबै परीक्षा केन्द्रमा डाक्टर, नर्स र सामान्य औषधीहरु उपलब्ध गराउनुपर्ने ।
३) लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलको ’चेतावनी’, मुख्यमन्त्रीले अविस्वासको प्रस्तावको सामना गरे ३६ सांसदले मात्रै साथ दिने ।
४) खाल्डो खन्दा श्रीलंकामा फेला प¥यो ५१० किलो निलम, मूल्य १२ अर्ब, निलम भेटिएका घर धनी तेस्रो पुस्ताका रत्न व्यापारी, सुरक्षाका कारण नाम र ठेगाना गोप्य ।
५) र, टोकियो ओलम्पिक २०२० अन्तर्गत सय मिटर ‘फ्रिस्टाइल’मा गौरिका सिंहको राष्ट्रिय कीर्तिमान, १ मिनेट ००.११ सेकेन्डको किर्तिमान बनाएकी गौरिकाको अर्को चरणमा पुग्ने सम्भावना सकियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।