काठमाडौं- टोकियो ओलम्पिक २०२० मा आयोजक टोली जापान स्वर्ण पदकको तालिकामा शीर्षस्थानमा पुगेको छ।
बुधबारसम्मको खेल समाप्तिमा जापानले १३ स्वर्ण पदक जितेको छ। यस्तै, चीन १२ र अमेरिका ११ स्वर्ण पदकसहित क्रमश: दोस्रो र तेस्रो स्थानमा छ।
पदाक तालिका भने अमेरिका शीर्ष स्थानमा छ। अमेरिकाले ११ रजत र ९ कास्यसहित कुल ३१ पदक जितेको छ।
चीन ६ रजत र ९ कास्यसहित २७ पदक जितेर दोस्रो स्थानमा रहेको छ। ७ स्वर्ण, १० रजत र ६ कास्यसहित २३ पदक जितेर रुस तेस्रोमा छ।
४ रजत र ५ कास्यसहित २२ पदक जितेको जापान चौथो स्थानमा रहेको छ।
हालसम्म २८ देशले कम्तिमा एउटा स्वर्ण जितेका छन्। ५७ देशले कम्तिमा एउटा पदक जितेका छन्।
दक्षिण एसियाली टोलीमध्ये भारतले मात्र पदक जितेको छ। उसले एउटा रजत जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।