काठमाडौं– जनता समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ।
६ मन्त्रालयमा कुरा मिले भोलि (बिहीबार) नै सरकारमा सहभागी हुने सम्भावना रहेको जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
'हामीले ६ मन्त्रालय पाउनुपर्छ भनेर दाबी गरेका छौं। यसमा प्रधानमन्त्रीजी र गठबन्धनका अरु दल पनि सकारात्मक हुनुहुन्छ भन्ने हाम्रो अपेक्षा छ,' राईले नेपाल लाइभसँग भने, 'मन्त्रालयको टुंगो लाग्यो भने भोलि (बिहीबार) नै हाम्रो पार्टी सरकारमा जान्छ। मन्त्रीहरुको शपथ पनि भोलि नै हुन्छ।'
नेता राईका अनुसार जसपामा मन्त्री छान्ने जिम्मा ३ जना नेता अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।