काठमाडौं– नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेल र नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलाबीच भेटवार्ता भएको छ।
दुई नेताबीच बुधबार साँझ एमालेको केन्द्रीय कार्यालय थापाथलीमा भेटवार्ता भएको हो।
भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको एमाले महासचिव पोखरेलको सचिवालयले जानकारी दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग गत फागुनमा ३ बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा 'भूमिगत गतिविधि' त्यागेर 'खुला राजनीति'मा आएको थियो।
सरकारसँग भएको ३ बुँदे सम्झौतामा आफ्नो पार्टीका नेता कार्यकर्तालाई लागेका मुद्दा फिर्ता र जेलमा रहेकाहरुको रिहाइ हुने विषय समावेश भएपनि उक्त विषय कार्यान्वयन नभएको विप्लव नेकपाका नेताहरुको गुनासो छ।
मुद्दा फिर्ता र नेता कार्यकर्ताको रिहाइको विषयलाई लिएर नेकपा महासचिव विप्लवसहितका नेताहरु पछिल्लो समय प्रमुख दलका नेताहरुसँग भेटवार्ता गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।