काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले शपथ लिएका छन्।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरु पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई पद तथा गोपनीयताको शपथ लिएका हुन्।
नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रमुखहरूले राष्ट्पति समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को निर्णयानुसार प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुख नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए।
प्रधानमन्त्रीको सिफारिसानुसार राष्ट्रपति भण्डारीले मंगबारै गुरुङ र शेरचनलाई गण्डकी तथा लुम्बिनी प्रदेशको प्रमुख नियुक्त गरेकी थिइन्।
गुरुङ र शेरचनलाई नियुक्त गरिनु अगाडि मन्त्रिपरिषद्को निर्णयानुसार राष्ट्रपति भण्डारीले त्यहाँ कार्यरत प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।