पोखरा- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई सामान्य हिसाबले नलिन आग्रह गरेका छन्। पत्रकार महासंघ प्रदेश ४ ले सोमबार पोखरामा गरेको पत्रकार सम्मेलनमा प्रचण्डले भने, 'यो सामान्य घटना मात्रै नभएर भिन्न परिघटना हो। एकताले संसारभरिका कम्युनिस्टमा राम्रो सन्देश गएको छ।’
विकासको गति लिने आधार नै वैचारिक कम्युनिस्ट आन्दोलन भएको उनको भनाइ थियो। ‘स्थायित्व र विकासको ढोका खुलेको छ,’ उनले भने, ‘अस्थिरता अन्त्य भयो। सरकार अब ५ वर्ष टिक्छ।’
पार्टी एकता र स्थायी सरकाले कर्मचारीतन्त्र र राज्य संरचनामा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
'मधेसवादी दललाई पनि एकतामा जोड्नैपर्नेछ'
संघीय 8वादी फोरमलाई सरकारमा ल्याउन मधेसको चिन्ता सम्बोधन गर्ने सैद्धान्तिक सहमति भएको प्रचण्डले बताएका छन्। सरकारलाई बलियो बनाउन फोरमको पनि हात रहने उनले बताए। भने, ‘संघीय 8वादी सरकारमा आएसँगै सातै प्रदेशमा दुई तिहाई बहुमत पुगेर सहज हुन्छ।’

बाहिरी तत्वले प्रदेश नम्बर २ लाई अलग बनाएर राजनीतिक स्थिरता भंग गर्न खोजेको उनले आरोप लगाए। ‘बाहिरी तत्वले चलखेल गरेको अवस्थामा संघीय 8वादी फोरम सरकारमा आएपछि उनीहरुको मुख टालिएको छ,’ उनको भनाइ थियो।
जरुरी पर्दा संविधान संशोधन गर्न सक्ने अवस्था बनेको प्रचण्डले जिकिर गरे। स्थिर सरकार बन्न मधेसवादी दललाई पनि एकतामा जोड्नैपर्ने आवश्यकता रहेको उनले बताए।
फेवाताल संरक्षणबारे
उनले कास्कीको विकासमा विशेष ध्यान दिनुर्नेमा पनि जोड दिए। चुनाव लड्न नभएर जन्मभूमि भएका कारण कास्कीको विशेष विकासमा आफू लाग्ने बताए।
अध्यक्ष प्रचण्डले ४ नम्बर प्रदेश र कास्कीको विकासमा केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताएका छन्। उनले भने, ‘यहाँको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा मेरो ध्यान छ, काठमाडौं गएर यसबारेमा कुरा गर्छु।’
उनले कास्कीमा रहेका तालतलैया विशेष गरी फेवातालको संरक्षणमा पनि आफूले ध्यान दिएको बताए। फेवाताल संरक्षण पोखराको मात्रै नभई नपालकै प्रतिष्ठा र गौरवको कुरा भएको उनले सुनाए। ‘अहिलेसम्म चर्चा मात्रै भयो तर संरक्षण भएको छैन,’ नेकपा अध्यक्ष प्रचण्डले भने, ‘मैले आज जाँदाजाँदै केन्द्र सरकार र पार्टीमा यो कुरा राख्छु।’
फेवाताल संरक्षण गर्नकेन्द्रले नै विशेष रुपमा हेर्न पार्टीमा सुझाव गएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।