काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री ली खछ्याङले बधाई सन्देश पठाएका छन्।
नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले बुधबार एक ट्वीटमार्फत् लीले देउवालाई बधाई सन्देश दिएको जानकारी गराएकी हुन्।
बधाई सन्देशमा प्रधानमन्त्री लीले नेपाल र चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउन प्रधानमन्त्री देउवासँग सहकार्य गर्न आफू इच्छुक रहेको बताएक छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।