हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्नेहरुको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिएका छन्। भ्रष्टाचारमा सरकारले कति पनि सम्झौता नगर्ने भन्दै उनले आफ्नो पार्टी वा जो सुकै भएपनि उनीको अनुहार तथा पृष्ठभुमी नहेरी कारबाही गरिने बताए।
सोमबार प्रदेश नम्बर ३ को संसदलाई सम्बोधन गर्दै ओलीले भने ‘भ्रष्टाचार गर्ने व्यक्ति ह्यान्डसम थियो कि ब्यूटीफुल भनेर हेरिन्न, करप्ट भयो कि गयो।’ सिन्डिकेटविरुद्धको कारबाहीमा सरकारले कुनै पनि पार्टी नहेरी कारबाही गरेको उनको भनाई थियो।
प्रदेश सरकारले केन्द्र सरकारलाई कमजोरी देखे औल्याइदिन आग्रह गरे। प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न उनले निर्देशन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।