काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)का सांसाद (जेलमा रहेका) रेशम चौधरी उपेन्द्र यादव पक्षतिर खुलेका छन्।
पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याउन निर्वाचन आयोगले सोमबार (साउन ११ गते) कार्णकारिणी सदस्यहरुको सनाखत गर्दा चौधरी तटस्थ बसेका थिए।
सोमबारै निर्वाचन आयोगले पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाउने फैसला सुनाएको थियो। आधिकारिकता पाएको ३ दिनपछि चौधरीले फोनमार्फत उपेन्द्र पक्षमा भएको जानकारी गराएका हुन।
डिल्लीबजार कारगारमा कैद भुक्तान गरिरहेका चौधरीले फोनमार्फत आफ्नो 'कित्ता' स्पष्ट पारेको जसपा नेता डम्बर खतिवडाले बताए।
चौधरीले उपेन्द्रतिर खुलेको जानकारी गराएपछि उनको कार्यकारिणी सदस्य र सांसद पद सुरक्षित भएको हो।
चौधरी समेत खुलेपछि जसपाको उपेन्द्र पक्षमा ३५ जना कार्यकारिणी सदस्य २३ जना प्रतिनिधि सभा सदस्य (सांसद) पुगेका छन्।
जसपाको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुरसहित १६ जना कार्यकरिणी सदस्यलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेताहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।