काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने सबै कामका बारेमा जानकारी दिन भाइबर ग्रुप गठन गरिएको छ। उनले आफ्नो निजी ट्विटरमा राखेको जानकारीमा आधिकारिक जानकारीका लागि ग्रुपमा जोडिन आग्रह पनि गरिएको छ।
यसअघि प्रधानमन्त्रीले आफ्ना अभिव्यक्तिहरु वा आफूले गरिरहेका कामबारे जानकारी दिन ट्विटर अकाउन्टलाई बढी प्रयोग गर्ने गरेका थिए। त्यसका लागि व्यक्तिगत र प्रधानमन्त्री कार्यालयका छुट्टाछुट्टै ट्विटर अकाउन्ट छन्। त्यस्तै, फेसबुकबाट पनि जानकारी दिने गरिएको छ।
अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्टसमेत खोलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।