काठमाडौं– नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल आफूपक्षीय सांसदहरुसँग छलफलमा जुटेका छन्। बानेश्वरस्थित एक बैंक्वेटमा उनीहरुको छलफल चलिरहेको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने कि नजाने, पार्टी एकता गर्दा कसरी गर्ने लगायतका विषयमा भेलामा छलफल हुने बताइएको छ।
बुधाबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा सरकारमा सहभागी हुने/नहुनेबारे नेपालसँग छलफल गर्ने निर्णय गरेको थियो। सोही आधारमा मन्त्रिपरिषद्लाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी छ।
प्रधानमन्त्री देउवालाई विश्वास दिएको नेपाल पक्ष सरकारमा सहभागी हुने/नहुने निश्चित छैन। एमाले एकताको कसरत चलिरहेकाले नेपाल पक्षले यसबारे औपचारिक निर्णय गरिसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।