काठमाडौं- जनता समाजवादी पार्टी(जसपा) कार्यकारिणी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा जारी रहेको छ। सरकारमा सहभागिताका विषयमा छलफल गर्न बैठक बसिरहेको हो।
कार्यकारिणी समितिको बैठकले महन्थ ठाकुरसहित १६ जना कार्यकारिणी सदस्यलाई पार्टीबाट निष्काशन गर्न सक्ने सम्भावना रहेको छ।
जसपाको आधिकारिकता उपेन्द्रपक्षले पाईसकेपछि ठाकुर सहित १६ जनालाई पार्टीबाट निष्काशनको तयारी गरिएको कार्यालय सचिव प्रकाश अधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।