नागपुर – अस्ट्रेलियाबिरुद्धको पाँच एकदिवसीय सिरिज ४–१ ले जितेसँगै भारत एकदिवसीय वरीयताको पहिलो स्थानमा उक्लिएको छ।
भारतले वरीयतामा दक्षिण अफ्रिकालाई पछि धकेल्दै शीर्ष स्थान कब्जा गरेको हो। भारतले १ सय २० अंक जोडेको छ। दोस्रो स्थानमा रहेको अफ्रिकाको १ सय १९ छ। तेस्रो स्थानको अस्ट्रेलिया र चौथो स्थानको इंग्ल्यान्डको समान ११४–११४ अंक छ।
वरीयतामा न्यूजिल्यान्ड पाँचौ, पाकिस्तान छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, वेस्ट इन्डिज नवौं, अफगानिस्तान दशौं, जिम्बाबे एघारौं र आयरल्यान्ड बाह्रौं स्थानमा छन्।
भारतले आइतबार राति सम्पन्न पाँचौं खेलमा अस्ट्रेलियालाई ७ विकेटले पराजित गरेको थियो। नागपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ९ विकेटको क्षतिमा २ सय ४२ रन जोड्यो। अस्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ५३ रनको योगदान दिए। बलिङतर्फ भारतका अक्षर पटेलले ३ तथा जसप्रित बुमराहले २ विकेट हात पारे।
२ सय ४३ रनको लक्ष्य भारतले ४२.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्योट। रोहित शर्माले १ सय २५ तथा अजिन्का राहाणेले ६१ रन बटुले। रोहितले १ सय ९ बल खेल्दा ११ चौका र ५ छक्का हिर्काए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।