काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित व्यक्ति स्वास्थ्य राज्यमन्त्री बनाएको भन्दै प्रश्न उठाएका छन्।
सत्तापक्षीय गठबन्धनको बुधबार बालुवाटारमा बसेको बैठकमा नेता केसीले स्वास्थ्यमन्त्रीमा उमेश श्रेष्ठको नियुक्तिप्रति असन्तुष्टि राख्दै प्रश्न गरेका थिए।
बैठकमा बोलेको कुराबारे नेता केसीले नेपाल लाइभसँग भने, ‘म त छुच्चो मान्छे। स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिको कुरा त गर्ने नै भएँ नि! स्वास्थ्य राज्यमन्त्री बनाउने कोही पाइएन भनि सोधेँ।’
केसीले उठाएका प्रश्नलाई ध्यान दिएर सुनेका देउवाले स्वास्थ्य राज्यमन्त्री नियुक्तिमा गल्ती गरेको भने स्वीकारेनन्। ‘जिन्दगीभरि गल्ती गरेकाले मैले गल्ती गरें किन भन्थे र? भनेनन्’, केसीले भने।
गठबन्धनले गरेका गलत कार्यमा आफ्नो पार्टीले काँध थाप्न नसक्ने उनले बैठकमा बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।