काठमाडौं- सत्तापक्षीय गठबन्धनको बैठक सकिएको छ। बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब १ घन्टा गठबन्धनको बैठक बसेको हो।
बैठकले कुनै ठोस निर्णय भने नगरेको नेपाली कांग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले नेपाल लाइभलाई जानकारी दिए।
सरकारलाई पूर्णता छिटो दिने र न्यूनतम साझा कार्यक्रम ल्याउनेबारे कुरा भएको उनको भनाइ छ।
'सरकारलाई पूर्णता छिटो दिने र न्यूनतम साझा कार्यक्रम छिटो ल्याउनेबारे कुरा भयो। खास निर्णय केही छैन' बैठकपछि खड्काले भने।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरु सहभागी थिए। बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' , प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबाट डा. विजय पौडेल बैठकमा सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।