काठमाडौं– गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्।

मंगलबारै बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश नियुक्त गर्न सिफारिस गर्ने निर्णय समेत गरेको छ।
सरकारले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न सिफारिस गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।