काठमाडाैं- आमरण अनसनमा बसेका नेपाली कांग्रेसका नेता-कार्यकर्ताले अनसन तोडेका छन्।
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा १० दिनदेखि अनसनमा बसेका तीन जनाले मंगलबार साँझ अनसन तोडेका हुन्।
कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत र नेता डा. रामशरण महतले १० दिनदेखि आमरण अनसनमा बसेका धनुषाका नेताको अनसन तोडाएका थिए।
डा. चन्द्रमोहन यादवको नेतृत्वमा तीन जना आमरण अनसनमा बसेका थिए। उनीहरुले छ बुँदे सहमतिपछि आन्दोलन अन्त्य गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।