काठमाडौं- थोरै बजेटमा बनेको बलिउड फिल्म 'मिमी' पाइरेसीको चपेटामा परेको छ। प्रदर्शन अगावै मिमी पाइरेसीमा परेपछि निर्माणपक्षले तोकिएको मिति भन्दा अगाडी नै फिल्म प्रर्दशन गरेको छ।
ओटीटी प्ल्याटफर्म टेलिग्राममार्फत उक्त फिल्म पाइरेसी भएको हो। फिल्म जुलाई ३० मा प्रर्दशन हुने भनिएपनि जुलाई २६ मै नेटफिल्क्स मार्फत प्रर्दशनमा आएको छ।
मिमी सेरोगेसी आमाको बारेमा बनेको फिल्म हो। फिल्ममा एक विदेशी दम्पतीको बच्चा हुँदैन र उनीहरु सेरोगेसीबाट बच्चा जन्माउन चाहन्छन्। जसका लागि तयार हुन्छिन् नायिका कृति सेनन।
मुम्बइ गएर नायिका बन्ने सपना साँचेकी उनी पैसाका लागि सेरोगेसी आमा बन्न तयार हुन्छिन्। तर बच्चा जन्मने समयमा ति विदेशी दम्पतीले बच्चा लिन अस्विकार गर्छन्। त्यसले एक चञ्चली युवतीमा परेको असरलाई रोमाञ्चक ढंगले फिल्ममा प्रस्तुत गरिएको छ। कृतिले फिल्मकै लागि १५ किलो तौलसमेत बढाएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।