काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रदेश ३ को सभालाई हेटौंडामा सम्वोधन गर्ने भएका छन्। प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा प्रदेशसभा सदस्यहरुलाई सम्वोधन गर्ने बताइएको छ।
प्रधानमन्त्रीले प्रदेशसभालाई सम्वोधन गरिसकेपछि मुख्यमन्त्रीको कार्यालयमा प्रदेश सरकार मन्त्रीहरुसँग छलफल गर्ने कार्यक्रम छ। काठमाडौं फर्कनुअघि ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कायकर्ताहरुसँग भेटघाट गर्ने बताइएको छ।
प्रदेशसभा नियमावलीमा प्रधानमन्त्रीले सम्बोधन गर्नसक्ने व्यवथा छैन तर, विदेशी सरकार प्रमुखले भने सम्वोधन गर्न सक्ने व्यवस्था छ। यसअघि ओलीले प्रदेश ५ को प्रदेशसभालाई सम्वोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।