काठमाडौं- जापानकी स्केटबोर्डर मोमीजी निशियाले १३ वर्षको उमेरमा नै ओलम्पिक स्वर्ण जितेकी छिन्।
टोकियो ओलम्पिक २०२० अन्तर्गत सोमबार भएको महिला स्ट्रिट स्केटबोर्डीङमा निशियाले आफूभन्दा कान्छी ब्राजिलकी राय्सा लिएललाई पछि पार्दै स्वर्ण जितेकी हुन्।
जापानकै १६ वर्षिया फुन्ना नकायामाले भने कास्य पदक जितेकी छन्। ओलम्पिकमा एकै इभेन्टमा पदक जित्ने खेलाडीमा यो नै सबैभन्दा कम उमेरको पोडीएम बन्यो।
निशियाले कुल १५.२६ स्कोर गर्दै स्वर्ण जितेकी हुन्। लिएलले १४.६४ स्कोर जोडेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।