काठमाडौं- आइबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) अस्पतालहरूको चेन बनाउने भन्दै हिँडिरहेका र निजी अस्पतालमा लगानी बढाएका उमेश श्रेष्ठको स्वास्थ्य मन्त्रालयमा ‘इन्ट्री’, प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई नियुक्त गरे स्वास्थ्य राज्यमन्त्री ।
२) सामाजिक सुरक्षा कोष खारेज हुनुपर्ने जिकिर गर्दै दायर गरेको रिटमा दुई न्यायाधीशको राय बाझियो, यो विषयको विवादलाई अब पूर्ण इजलासले निरुपण गर्नुपर्ने ।
३) माग पूरा गर्न दबाब दिँदै यातायात व्यवसायीले सरकारलाई बुझाए सवारी साधनको साँचो, यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउनदेखि भाडा समायोजन गर्नुपर्ने माग ।
४) कोरोना न्यूनीकरणको लागि लगाइएको प्रतिबन्धविरुद्ध अस्ट्रेलियामा प्रदर्शन, ६० जना नियन्त्रणमा, प्रधानमन्त्री स्कट मोरिसनद्वारा निन्दा, प्रदर्शनका सहभागीहरूलाई “स्वार्थी तथा स्वयं पराजित व्यक्ति“ को सङ्ज्ञा ।
५) र, साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई प्रस्ताव, अब नेपालले विस्तृत विवरण साफलाई प्रस्तुत गर्ने, प्रतियोगितामा पाँच टोलीको मात्र सहभागिता रहने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।