• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
सम्पादकीय

प्रश्नको कठघरामा प्रधानमन्त्री

64x64
नेपाल लाइभ आइतबार, साउन १०, २०७८  २१:४४
1140x725

कोरोना महामारीको यो विघ्न संवेदनशील समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेतृत्व (मन्त्री) विहीन बनेको एक महिना पुग्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङलगायत २० मन्त्री सर्वोच्च अदालतको एक आदेशले पदमुक्त भएपछि यो मन्त्रालय रिक्त रहँदै आएको थियो। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेका छन्। शिक्षा व्यवसायीबाट एकाएक कांग्रेस राजनीतिमा जोडिएका, निजी अस्पतालहरुमा लगानी बढाउँदै गएका विवादास्पद छविका श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा नियुक्त गरिनुलाई धेरैले आश्चर्यजनक मानेका छन्।

अप्रत्यासित रुपमा सुरु भएको श्रेष्ठको संसद–यात्रा नै विवादमा परेको थियो। आफैं शिक्षा व्यवसायी रहेका श्रेष्ठ संसद प्रवेशपछि प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिको सदस्य बनेका थिए।  त्यहाँ रहँदा उनी आफ्नोसमेत व्यवसाय जोडिने क्षेत्रका विषयमा गठन हुने उपसमितिहरुमा रहन्थे। र, आफू र आफ्नै समूहको हितका विषयका सवाल उठाउँथे। फेरि उनको नियुक्ति स्वार्थ बाझिने मन्त्रालयमा भएको छ। निजी अस्पतालमा लगानी बढाउँदै ‘देशकै नामी अस्पताल सञ्चालक’ बन्ने लक्ष्यमा अघि बढेका श्रेष्ठको नियुक्ति स्वास्थ्य राज्यमन्त्रीमा हुनु विडम्बना हो। सभ्य मुलुकका लागि यो नैतिकताविहीन र आपत्तिजनक निर्णय हो। यस्तो निर्णयलाई लिएर सुरु भएको देउवा सरकारको विरोध अपेक्षित र स्वाभाविक छ।

सत्ता राजनीतिले नराम्ररी गिजोलिएको र कोरोना महामारीले लपेटेको यो बेला पाँचौं पटक प्रधानमन्त्रीका रुपमा सत्तारोहण गरेका देउवाले परिस्थितिलाई ध्यानमा राखेर पनि स्पष्ट परिणाम दिनेखालका केही सांकेतिक काम गर्ने अपेक्षा गरिएको थियो। यस्तो अपेक्षा गरिनुको कारण थियो। किनभने उनकै नेतृत्वको तत्कालीन पाँचदलीय विपक्षी गठबन्धनको पहलकदमीले संविधानको रक्षा र तत्कालीन केपी शर्मा ओली सरकारको बहिर्गमन सम्भव तुल्याएको थियो। यसकारण पनि देउवाले सत्ताको नेतृत्व फेरिनुको फरक देखाउनु अपरिहार्य थियो। तर, देउवाको पाँचौं कार्यकालको सुरुआतले राम्रो संकेत गरेको छैन। आइतबार भएको स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिले त उनी ‘बिरालोलाई दूध रुँग्न लगाउने मतिमा अघि बढेको देखिएको छ। अनपेक्षित रुपमा हात लागेको सत्ता जनताको मन जित्न होइन, अघिल्ला कार्यकालमा जस्तै बदनामीकै पुनरावृत्ति गर्न उपयोग गर्न खोजेजस्तो देखिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

देश कोरोना महामारीको चपेटामा छ। केही समयभित्रै कोरोना संक्रमणको तेस्रो लहर सुरु हुने प्रक्षेपण भइरहेको छ र विज्ञसँगै स्वास्थ्य मन्त्रालय स्वयंले पनि त्यसका लागि तम्तयार रहन सूचना जारी गरिरहेका छन्। प्रधानमन्त्री देउवाले नै यस्तो बेला स्वास्थ्य मन्त्रालयलाई प्राथमिकतामा नराख्नु विडम्बना हो। समयको हिसाबले पनि, व्यक्ति छनोटको हिसाबले पनि उनले स्वास्थ्य मन्त्रालयको महत्व र संवेदनशीलतालाई अवमूल्यन गरेका छन्। किनभने देउवाले स्वास्थ्यमन्त्रीको नियुक्तिलाई प्राथमिकता दिएनन्। अन्योल बढ्दै गएको अवस्थामा राज्यमन्त्रीमा त्यस्तो व्यक्तिलाई नियुक्त गरे जसलाई सहज मान्न सिंगो समाज तयार छैन।

पछिल्ला केही वर्षमा स्वास्थ्य मन्त्रालय सबभन्दा ‘आकर्षक’ र पहिलो रोजाइको जस्तै मन्त्रालय बनेको छ। बुझ्न कठिन छैन, यो मन्त्रालय अर्थ परिचालनको हिसाबले आकर्षक बनेको छ। अर्कोतिर, यो अड्डा नीतिगत निर्णयहरुको पनि केन्द्र भएको छ। स्वास्थ्य क्षेत्रमा लगानी बढाउँदै गएका व्यापारीलाई नै स्वास्थ्य मन्त्रालयमा भित्र्याउनुको अन्तर्य उनीबाट प्रभावकारी नीति बनाउन र जनमुखी नतिजा निकाल्न सहज हुन्छ भनेर होइन भन्ने जोकोहीले बुझ्न सक्छ। यो निर्णयमा अहिले अपारदर्शीताको आशंका गरिएको छ, भविष्यमा नीतिगत चलखेल तीव्र बन्नेछ।

Xtrem
Xtrem

पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयलाई सधैं तरल अवस्थामा राखे। महामारीका बीचमा पनि उनले मन्त्री फेर्ने काम गरिरहे। जसका कारण कोरोना महामारीसँग जुध्ने सवालमा यो मन्त्रालय सधैं निरीह देखिइरह्यो। त्यसको परिणाम कोरोना महामारी सुरु भएको डेढ वर्ष बितिसक्दा पनि हाम्रा स्वास्थ्य संरचनामा उल्लेखनीय प्रगति हुन सकेको छैन। बरु स्वास्थ्य मन्त्रालयमार्फत् कोरोना महामारीका बीचमा खरिद प्रकरण र आर्थिक अनियमितताका यस्ता काण्ड बाहिर आए जसलाई सामसुम पार्न प्रधानमन्त्रीकै भूमिका देखियो।

अघिल्ला दुई लहरमा कोरोनाविरुद्ध जुध्न हाम्रा अक्षमता पुष्टि भइसकेका छन्। आम मानिसको ज्यान अहिले पनि जोखिममै छ। अर्को लहर आउनुअघि नै प्रभावकारी व्यवस्थापनका लागि यो क्षेत्रको संवेदनशीलता बुझेका र नागरिकको स्वास्थ्यप्रति गम्भीर व्यक्तिलाई नेतृत्व सुम्पिनुपर्ने आवश्यकता थियो। तर, प्रधानमन्त्री देउवालाई यस्ता विषयमा रुचि नै देखिएन। श्रेष्ठको नियुक्ति प्रधानमन्त्री देउवाका आगामी दिनहरु चिहाउने झ्याल हो जसले कतै पनि आशावादी र उत्साहित हुने ठाउँ देखाउँदैन। देउवा प्रधानमन्त्रीका रुपमा पाँचौं पटक सिंहदरबार प्रवेश गरेका छन्। फर्केर हेर्दा यसअघिका चार कार्यकालमा उनले बदनामी बोक्न बाँकी विषय त्यति धेरै बाँकी राखेनन्। उनी आलोचित पनि यति धेरै बनिसकेका थिए कि अब त्यसमा चिन्ता नै लिन छाडिसकेको देखिँदैछ।  त्यसैले त कांग्रेसभित्र एउटा भनाइ हुने गर्छ– प्रधानमन्त्री देउवा बन्छन्, बदनाम कांग्रेस हुन्छ। पछिल्लो निर्णयमार्फत् देउवा सोही भनाइलाई पुनः चरितार्थ गराउन उद्यत भएको देखिन्छ। 

तर, प्रधानमन्त्री देउवा यसपालि आफ्नो छवि र स्वभावकै कारण छुट पाउने अवस्थामा छैनन्। संविधानको रक्षा गर्ने बाचासहित सत्तारोहण गरेका यी ‘अप्रत्यासित’ प्रधानमन्त्रीले त्योसँगै आफ्नो सम्पूर्ण ध्यान कोरोनाविरुद्ध जुध्ने कार्यमा लगाउनुपर्ने थियो। आफ्नो प्राथमिकता र ध्यान त्यतापट्टि नरहेको जुन सन्देश उनले आइतबारको कदममार्फत् दिएका छन्, त्यसले उनलाई पश्नहरुको कठघरामा उभ्याइदिएको छ। प्रधानमन्त्री देउवाले यसको जवाफ दिनुपर्छ र व्यवहारबाटै आफ्नो कार्यकाल विगतको ‘अँध्यारो कालखण्ड’को निरन्तरता नभएको सिद्ध गर्नुपर्छ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्