काठमाडौं- टोकियो ओलम्पिक २०२० मा भारतीय बक्सर मेरी कोमले सानदार सुरुवात गरेकी छिन।
आइतबार भएको महिला ५१ केजी तौल समूहमा उनले चेक रिपब्लिककी मिग्वेलिना हर्नान्डेजलाई ४–१ ले पराजित गरेकी हुन्।
३८ वर्षीय मेरी कोम अहिलेसम्म ६ पटक विश्व च्याम्पियन रहिसकेकी छिन्। सन् २०१२ को लण्डन ओलम्पिकमा उनले स्वर्ण पदक जितेकी थिइन्।
मेरी कोमसँग भिडेकी २३ वर्षकी हर्नान्डेजले २०१९ मा पेन अमेरिकन कास्यपदक जितेकी थिइन्।
मेरी कोम राउण्ड अफ १६ मा पुगेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।