काठमाडौं- केन्द्रीय सुरक्षा समितिको बैठकले साइबर अपराधका घटना नियन्त्रण गर्ने निर्णय गरेको छ।
आइतबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले पछिल्लो समय साइबर अपराधका घटना बढिरहेकाले त्यसलाई नियन्त्रण र व्यवस्थान गर्ने निर्णय गरेको हो।
बैठकले, कोरोना भाइरसको तेस्रो लहर बढ्ने सम्भावना उच्च रहेकाले यसलाई रोकथाम तथा नियन्त्रण गर्ने निर्णय पनि गरेको छ।
स्वास्थ सामग्रीलाई सहज व्यवस्थापन तथा कालोबजारीलाई नियत्रण गर्ने, बाढी पहिरो र डुबानमा परेका समुदायहरूलाई राहत, उद्धार र स्वास्थ तथा खाद्य सामग्री सहजिकारण गर्न हेलिकोप्टर व्याथापन निर्णय समेत गरिएको छ।
बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाली सेनाका रथी प्रभुराम शर्मा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख गणेश प्रसाद अधिकारी, रक्षा मन्त्रालयका (सह-सचिव तथा कामु सचिव) आलोकचन्द्र श्रेष्ठलगायतको उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।