बर्दिया- बर्दियामा साम्प्रदायिक झडपपछि कर्फ्यु लागेको छ। बर्दियाको मोहम्मदपुर गणेशपुरमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले आजबाट कर्फ्यु आदेश जारी गरेको हो।
दुर्गा बिसर्जन गर्न गएका हिन्दू धर्मावलम्बी र ताजिया दहनका लागि गएका मुस्लिम समूहबीच हिजो आइतबार झडप भएको थियो। झडपपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रु ग्याँस प्रहार गरेको थियो।
प्रशासनले साम्प्रदायिक झगडाले ठूलो रुप लिने खतरा देखेपछि आज बिहानदेखि नै उक्त क्षेत्रमा कर्फ्यु जारी गरेको हो।
यो पनि पढौं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।