काठमाडाैं- टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोमा नओहिसा ताकातोले जापानका लागि पहिलो स्वर्ण दिलाएका छन्।
शनिबार भएकाे ६० केजी तौल समूहमा उनले चाइनिज ताइपेइका युङ वेइ याङलाई फाइनलमा पराजित गर्दै स्वर्ण जितेका हुन्।
गोल्डेन स्कोरमा पुगेको फाइनलमा याङले तेस्रो शिदो पाएपछि ताकातो विजयी भएका थिए।
यता, फ्रान्सका लुका खेइद्जे र कोसोभोका येल्दोस स्मेतोभले कास्य पदक हात पारे।
यसअघि जुडो अन्तर्गत नै महिला ४८ केजी तौल समूहको फाइनलमा जापानकी फुना तोनाकी कोसोभोकी दिस्त्रिया क्रास्निकीसँग पराजित भएकी थिइन्।
यस स्पर्धामा मंगोलियाकी उरान्त्सेत्सेग मुन्ख्बात र युक्रेनकी दारिया बिलोदिदले कास्य जितिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।