काठमाडाैं- जापानको राजधानी टोकियोमा जारी ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ।
शनिबार भएको आर्चरी मिक्स्ड टिम इभेन्टमा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिस्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन्।
प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जित भएको हो।
नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ। यस्तै, मेक्सिकोले कास्य पदक जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।