काठमाडाैं- टोकियो ओलम्पिक २०२० मा इरानले पनि पदककाे खाता खाेलेकाे छ। शनिबार भएकाे खेलमा सुटर जवाद फोरोघीले १० मिटर एअर पेस्तोलमा स्वर्ण पदक जिताएका हुन्।
४१ वर्षीय फोरोघी इरानका लागि ओलम्पिकमा पदक दिलाउने सबैभन्दा बढी उमेरमा खेलाडी हुन्। यसअघि सन् १९५६ मा मेलबर्नमा भएको खेलमा ३८ वर्षीय महमुद नाम्जौले कास्य पदक दिलाएका थिए।
फोरोघीले २२४.८ स्काेर बनाएका थिए। याे स्काेर ओलम्पिकमा कीर्तिमान हाे। सर्वियाका दामिर मिकेकले रजत जिते। उनी फाेराेघीभन्दा ६.९ स्काेरले पछि परे।
ओलम्पिक इतिहासमा सुटिङमा इरानको यो पहिलो पदक हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।