काठमाडौं- टोकियो ओलम्पिक २०२० मा चीनले दाेस्राे स्वर्ण जितेको छ। महिला ४९ किलाेग्राम वर्ल्ड पावर लिफ्टिङ (भारत्तोलन)मा चीनले स्वर्ण जितेकाे हाे।
चीनकी होउ जुहईले कुल २१० केजी भार उठाएर स्वर्ण जितेका हुन्। उनले पहिलाेपटक ९४ र दाेस्राेपटक ११६ केजी भार उठाएकी थिइन्।
यस्तै, भारतकी चानू मीराबाईले रजत जितिन्। उनले २०२ केजी भार उठाएकी थिइन्। उनले पहिलाेपटक ८७ र दाेस्राेपटक ११८ केजी भार उठाएकी थिइन्।
यता, २१० केजी भार उठाएकी इन्डोनेसियाका विन्डी असाहले कास्य पदक जितिन्। उनले पहिलाेपटक ८४ र दाेस्राेपटक ११० केजी भार उठाएकी थिइन्।
यसअघि चीनकी किएन याङले महिला १० मिटर एयर राइफलमा स्वर्ण जित्दै पदकको खाता खोलेकी थिइन्।
२१ वर्षकी याङले २ सय ५१.८ स्कोर जोड्दै स्वर्ण पदक जितेकी हुन्। यस स्पर्धामा रसियन ओलम्पिक कमिटिकी अनास्तासिया गलाशिना रजत पदक जितिन्।
यता, स्विट्जरल्यान्डकी निना क्रिस्टेनले कास्य पदक जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।