काठमाडौं- टोकियो ओलम्पिक सुरु भएको छ। कोरोना महारीका कारण ६८ हजार क्षमताको रंगशालामा एक हजार भन्दा कम दर्शकलाई उद्घाटन शत्रमा सहभागी हुन अनुमति दिइएको थियो।
जापानका सम्राट नरुहितोले ओलम्पिक खेलको शुभारम्भ गरेका थिए। जापानका सम्राटसमेत १५ जना मात्र अन्तर्राष्ट्रिय नेता समारोहमा सहभागी भएका थिए।
काेराेना महामारीका कारण उद्घाटन समाराेहमा सहभागी हुन नपाएपछि सयाैं खेलप्रेमी टोकियोस्थित ओलम्पिक रंगशाला बाहिर भेला भएका थिए।

जापानका ४२ स्थानमा खेल खेलाइने छ। २३ जुलाईबाट सुरु भएको ओलम्पिक ८ जुलाईसम्म चल्ने छ।
ओलम्पिकमा यसपटक ३३ खेलका ३ सय ३९ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ। विश्वभरका झन्डै ११ हजार खेलाडीले आफ्नो चुनौती पेश गर्दैछन्।
उद्घाटन हुने दिन ३ खेलाडीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।