काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) देउवा संविधान र जनमतभन्दा पनि अदालतको परमादेशको प्रधानमन्त्री भएको नेम्वाङको टिप्पणी, संविधानको धारा ७६ को उपधारा ९५० किन लेखिएको हो? भन्दै उल्टै नेम्वाङलाई देउवाको प्रश्न ।
२) साउन ३ गते ठूलै षड्यन्त्र गर्न खोजिए पनि त्यसलाई परास्त गरिएको एमाले नेता माधव नेपालको दाबी, प्रचण्ड र माधव नेपाल उदार भएपनि केपी ओलीमा आफैं सवथोक रहेको घमन्ड भएको मोहन वैद्यको टिप्पणी।
३) उपचारका क्रममा लापरबाही गरेको ठहर गर्दै मेडिकल काउन्सिलले गर्यो मुटुरोग विशेषज्ञ डा ऋषि खत्रीलाई कारबाही, लापरबाहीका कारण नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन राकेश जंगबहादुर राणाको मृत्यु भएको ठहर
४) फोन जासुसी गरिएको हल्लापछि फ्रेन्च राष्ट्रपति माक्रोंल गरे नम्बर परिवर्तन, जासुसी सफ्टवेयरद्वारा राष्ट्रपति माँक्रोको नम्बरसमेत निशानामा राखिएको दाबी
५) र, विश्व खेलकुदको कुम्भमेला ३२औं ग्रीष्मकालीन टोकियो ओलम्पिकको औपचारिक उद्घाटन, जापानी सम्राट नारुहितो, फ्रान्सका राष्ट्रपति इम्मानुयल माक्रोँ, अमेरिकाकी फस्र्ट लेडी जिल वाइडेनलगायत सहभागी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।