काठमाडौं- टोकियो ओलम्पिकमा सहभागी नेपाली पौडीबाज गौरिका सिंहले आफूले सक्दो मिहिनेत गरेको बताएकी छिन्।
मार्च पास सुरु हुनुअघि खिचेको तस्वीर सामाजिक सञ्जालमा राख्दै गौरिकाले प्रतियोगिताका लागि आफूले सक्दो मिहेनत गरेको बताएकी हुन्। मार्च पासमा गौरिकाले नेपाली टोलीको तर्फबाट राष्ट्रिय झण्डा बोकेकी थिइन्।
‘मेरो देश नेपाललाई प्रतिनिधित्व गर्न पाएकोमा निकै सम्मानित महसुस गरेकी छु। तपाईंहरुको माया र सहयोगका लागि कृतज्ञ छु। यो अवस्थामा मैले सक्दो मिहेनत गरेको छु र त्यस्तै प्रशिक्षण पनि। टोकियो ओलम्पिक आशा, एकता र संकल्पको प्रतिक हो’, उनले लेखेकी छिन्।
प्रतियोगितामा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। गौरिकाले २८ जुलाई तारिखमा एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गर्ने छिन्।
शनिबार नै नेपालकी सुटिङ खेलाडी कल्पना परियारले महिला १० मिटर एयर राइफलको छनोट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। यो खेल स्थानीय समयअनुसार बिहान ८:३० बजे सुरू हुनेछ। कल्पना सहभागी प्रतिस्पर्धाको टुंगो पनि शनिबार नै लाग्नेछ।
साेही दिन जुडोतर्फ पहिलो चरणमा नेपालकी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा भएकी छिन्। बिहीबार सार्वजनिक भएकाे खेल तालिका अनुसार ४८ केजी तौल समूहमा सोनियाको भेट इरिनासँग हुने पक्का भएको हो।
नेपालका पौडी खेलाडी एलेक्जान्डर ग्याडिगाड शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्।
एलेक्सले २७ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। एलेक्सले हिट चरण पारे २८ जुलाईमा अर्को चरणमा भिड्नेछ। उनी सहभागी इभेन्टको पदकको टुंगो २९ जुलाईमा लाग्नेछन्।
यता, गौरिकाले २८ जुलाईमा प्रतिस्पर्धा गर्नेछन्। उनी सहभागी एभेन्टमा २९ र ३० जुलाई अर्को चरणमा प्रतिस्पर्धा हुनेछ।
यसैगरी, एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला सय मिटर दौडमा ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन्। महिला सय मिटर दौडको पदकको टुंगो ३१ जुलाईमा लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।