काठमाडाैं- काेराेना महामारीका कारण उद्घाटन समाराेहमा सहभागी हुन नपाएपछि सयाैं खेलप्रेमी टोकियोस्थित ओलम्पिक रंगशाला बाहिर भेला भएका छन्। उनीहरु उद्घाटन समाराेह भइरहेकाे रंगशाला बाहिर फाेटा खिच्न पुगेका हुन्।
६८ हजार क्षमताको रंगशालामा थोरै प्रतिनिधि र अधिकारीहरुमात्रै उद्घाटन समारोहमा प्रवेश दिइएकाे छ।
यसअघि काेराेना संक्रमण बढेपछि अधिकांश जापानीहरुले ओलम्पिक खेल आफ्नो शहरमा आयोजना हुन नहुने धारणा राखेका थिए।

तर, खेलाडीहरु जापान आउन थालेसँगै टोकियो र आसपासका क्षेत्रमा बढ्दो चहलपहलले जनताको दृष्टिकोण फरिवर्तन भएकाे छ।
‘हामी पटका पड्काइएको हेर्न भेला भएका हौं,’ रंगशाला बाहिर रहेका टोकियोका स्थानीय माको फुकुहाराले भने, ‘हामी यहाँबाट ओलम्पिक उद्घाटन देखिने आशा छौं। अहिलेसम्म मैले ओलम्पिक कस्तो हुन्छ भनेर देखेको छैन। तर, अहिले म रंगशाला नजिक छु।’
ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्टस्मा प्रतिस्पर्धा हुँदैछ। विश्वभरका झन्डै ११ हजार खेलाडीले आफ्नो चुनौती पेश गर्दैछन्।
उद्घाटन हुने दिन आजै ३ खेलाडीसहित १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे।
खेलाडीसहित मिडियाका ३ जना, खेल सम्बन्धित व्यक्ति १० जना र टोक्यो २०२० कन्ट्रयाक्टर ३ जान गरी १९ जनामा कोरोना संक्रमण देखिएको हो।
कोरोना संक्रमण पुष्टि हुनेमा चेक रिपब्लिकका २ र नेदरल्यान्डका १ खेलाडीमा सक्रमण पुष्टि भएको हाे। कोरोना संक्रमणकै कारण ४ जना खेलाडीहरु ओलम्पिकबाट बाहिर भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।