काठमाडाैं- विश्व खेलकुदकै महाकुम्भ ओलम्पिक गेम्सको ३२औं संस्करणको उद्घाटन समारोह टोकियोस्थित ओलम्पिक रंगशालामा सुरु भएको छ।
नेपाली समयअनुसार पौने ५ बजे आतिसबाजी र जापानी संस्कृति प्रदर्शनसँगै प्रविधिको प्रयोगबाट समारोह सुरु गरिएकाे हाे।
जापानको राष्ट्रिय गानसँगै सुरु भएको उद्घाटन समारोहमा जापानी सांस्कृतिक झाँकी र ओलम्पिकमा आवद्ध खेलसम्बन्धी कला प्रदर्शन गरेका छन्।
६८ हजार दर्शक क्षमताको रंगशालामा कोरोना महामारीको कारण उद्घाटन समारोहमा करिब एक हजार भीआईपीको मात्रै उपस्थिति रहेको छ।
जापानका सम्राट नारुहितो, प्रधानमन्त्री योसिहिदे सुगा, अमेरिकी प्रथम महिला जिल वाइडेन, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका अध्यक्ष थोमस बाच तथा विभिन्न राष्ट्रका प्रमुखहरूको उपस्थिति रहेको छ।
यो ओलम्पिकमा २०४ देश र शरणार्थी टिमका ११ हजार बढी खेलाडी सहभागी छन्। सहभागी देशका खेलाडी र अफिसियलहरूको मार्चपास सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।