काठमाडाैं- आज (शुक्रबार) देखि लामाे तथा छोटाे दुरीका सम्पूर्ण सार्वजनिक यातायातहरू पूर्ण रुपमा सञ्चालनमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंका जिल्ला प्रमुख (सीडीओ) कालीप्रसाद पराजुली, महानगरीय प्रहरी परिसर, टेकुका प्रहरी वरिष्ठ उपरिक्षक अशोक घिमिरे र यातायात व्यवसायी मजदुरहरुको संयुक्त बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका अधिकतम प्रयोग गरी सार्वजनिक यातायात पूर्ण रुपमा सञ्चालनमा ल्याउने सहमति गरेका हुन्।
बैठकले गत साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम त्रिभुवन विश्वविद्यालय तथा लोक सेवा आयोग लगायतका निकायहरुबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकोले देशका बिभिन्न भागबाट सहभागी हुने परीक्षार्थी तथा सर्वसाधारणहरुको आवतजावतलाई सहज बनाउन यातायात खुला गर्ने निर्णय गरेकाे जिल्ला प्रशासन कार्यालयकी प्रशासकिय अधिकृत लक्ष्मीकुमारी शाहीले जनाकारी दिइन्।
उनका अनुसार सम्पूर्ण यातायात व्यवसायीहरुले सरकारले तोकेको जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छ।
यात्रा गर्ने यात्रुले अनिवार्य रुपमा टिकट काउन्टरबाट टिकट काटेर मात्र यात्रा गर्न उनले आग्रह गरेकी छिन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।