काठमाडौं– लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्नेबारे निर्णय गर्न यातायात व्यवसायी र काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठक जारी छ।
बैठकमा लामो दूरीका सार्वजनिक यातायात कुन मापदण्डमा चल्न दिने भन्ने विषयमा छलफल गर्न हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।
यसअघि लामो दूरीका सार्वजनिक यातायात सम्बन्धित जिल्ला प्रशासनको पास बनाएर काठमाडौं आउन पाउने व्यावस्था गरिएको थियो।
गृहमन्त्रालयले यसअघि नै लामोदूरीका यातायता सञ्चालनमा सहजीकरण गर्न सबै जिल्लामा परिपत्र गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।