काठमाडौं- कोभिडविरुद्धको खोप लगाएका नागरिकको खोप कार्ड प्रमाणीकरण आजबाट काठमाडौं उपत्यकाका ४ वटा अस्पतालमा हुने भएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र प्रमाणीकरणको काम हुँदा भिड बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको संख्या विस्तार गरेको हो।
मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने निर्णय गरेको हो।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमका अनुसार यी सबै अस्पतालमा निशुल्क रुपमा खोप कार्ड प्रमाणीकरणको काम शुरु भइसकेको छ।
विदेश जाने नागरिकहरु अहिले खोप कार्ड प्रमाणीकरणका लागि अस्पतालमा पुगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।