काठमाडाैं– जापानमा हुने ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदको औपचारिक उद्घाटन आज हुँदै छ।
जापानको राजधानी टोकियोमा एक विशेष कार्यक्रमबीच टोकियो ओलम्पिक औपचारिक रुपमा सुरु हुनेछ। नेपाली समय अनुसार दिउँसो ४ बजेपछि हुने उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरिका सिंह र एलेक्जेन्डर शाह (एलेक्स) ले बोक्ने छन्।
टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियल जापान पुगिसकेका छन्।
नेपालबाट खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगिसकेको छ। कोरोनाको असर नपरोस् भन्नका लागि स्वास्थ्य र सुरक्षामा विशेष जोड दिइएको छ।
गत वर्ष नै आयोजना हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो। कोरोना भाइरसको सङ्क्रमणका कारण यसपटक दर्शकको उपस्थितिबिना नै प्रतियोगिता हुने आयोजकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।