काठमाडौं– काठमाडौंमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ।
शुक्रबार बिहान ७ बजेर ६ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार उक्त भूकम्प ३.५ रिक्टर स्केलको मापन गरिएको छ।
यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।