काठमाडौं– शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही कर्णाली र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ।
आज दिउँसोतिर प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ।
राति सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा नदहिरुमा उच्च बहावको जोखिम रहेकाले सतर्कता अपनाउजसमेत महाशाखाले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।