• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार ५, २०८३ Fri, Jun 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

झलनाथ खनालको उपचारका लागि अर्थ मन्त्रालयबाट ३० लाख निकासा

64x64
नेपाल लाइभ बिहीबार, साउन ७, २०७८  २३:१३
1140x725

काठमाडौं- सरकारले आफैं बनाएको मापदण्डविपरीत विदेशमा उपचार गर्ने व्यक्तिलाई राज्यकोषबाट उपचार सहयोग उपलब्ध गराउने विषय विवादमा परिरहँदा भारतमा उपचाररत पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई उपचारवापत रकम नै निकासा गरिएको खुलासा भएको छ। यो खुलासासँगै कानुनविपरित सहायता उपलब्ध गराउने सरकार र सहायता लिने खनाल दुवै विवादमा तानिएका छन्। 

सरकारले भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालका लागि ३० लाख रुपैयाँ निकासा गरिसकेको छ। अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत उपलब्ध गराउने गरी उक्त रकम निकासा गरेको हो।

अर्थ मन्त्रालयका एक उच्च अधिकारीले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती मन्त्रिपरिषद्को निर्णयबमोजिम उक्त रकम निकासा गरिएको पुष्टि गरे। 'मन्त्रिपरिषद्बाट निर्णय भएर आएपछि हामीले निकासा दिनैपर्छ। सोहीअनुसार पूर्वप्रधानमन्त्री खनाललाई परराष्ट्र मन्त्रालयमार्फत उपचार खर्च उपलब्ध गराउने गरी ३० लाख रुपैयाँ निकासा गरिएको छ,' ती अधिकारीले नेपाल लाइभसँग भने।

nimb
nimb
Ncell 2
Ncell 2

ओलीको मन्त्रिपरिषद्ले खनालको उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। ‘पूर्वप्रधानमन्त्री श्री झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने। उक्त खर्च अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयका नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत् भुक्तानी गर्ने व्यवस्था गर्ने,’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

तर, मन्त्रिपरिषद्को उक्त निर्णय जनस्वास्थ्य ऐनविपरीत रहेको भन्दै आलोचना भइरहेको छ। जनस्वास्थ्य ऐन-२०७५ को तेस्रो परिच्छेदको बुँदा नम्बर ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने उल्लेख छ। यसबाट पूर्वप्रधानमन्त्री तथा आफ्नै पार्टीका वरिष्ठ नेता भएकै आधारमा ओली सरकारले ऐनविपरीत निर्णय गरेको देखिन्छ।

वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेता खनालको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन्। देउवाको उक्त भनाइ सार्वजनिक भएपछि उनकै पार्टी नेपाली कांग्रेसका नेताहरुले आलोचना गरेका थिए। पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका कांग्रेस नेता गगन थापाले नियमविपरीत सरकारले उपचार खर्च दिन नमिल्ने बताएका थिए। 'बरु चन्दा उठाऔं, सरकारी पैसा दिन मिल्ने नियम छैन', थापाको भनाइ थियो।

सरकारले उपचार खर्च बेहोर्ने निर्णय सार्वजनिक भएपछि कतिपयले खनाल आफैं सक्षम रहेकाले सरकारी कोषबाट सहयोग लिनु आवश्यक नरहेको बताइरहेका छन्। खनाललाई सरकारी खर्च नलिन सुझाव दिनेहरु पनि प्रशस्त भेटिन्छन्। यता उनको पार्टी नेकपा (एमाले)ले पनि उपचार खर्च बेहोर्ने निर्णय गरेको थियो। गत असार १६ गते बालुवाटारमा बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले उक्त निर्णय गरेको थियो।

यसअघि गत वर्ष पनि पूर्वप्रधानमन्त्री खनाल सरकारी अनुदान लिएर सर्प पालन सुरु गरेको भन्दै विवादमा तानिएका थिए। स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘सर्प पालन बहुवर्षीय परियोजना’ स्वीकृत भई ७० करोड रुपैयाँ पाउने निश्चित भएको समाचार बाहिर आएको थियो।

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  २३:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
प्रतिनिधि सभा बैठक (लाइभ)
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि....
सम्बन्धित सामग्री
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८३ माथि भएको शीर्षकगत छलफलमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रध... बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार, असार ४, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले रोस्ट्रम पुगेका थिए । बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
सुकुम्बासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
अब प्रहरीलाई पोसाक खरिद गर्न नगद नै दिइने बिहीबार, असार ४, २०८३
सक्रिय राजनीतिबाट अलग भए महरा, पार्टीका सबै जिम्मेवारीबाट बाहिरिए बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्