काठमाडौं- बेलायतमा विगत तीस वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार प्राध्यापन गर्दै आएका प्राडा सूर्यप्रसाद सुवेदीले आफ्नो निजी पुस्तकालय त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई दिने भएका छन्।
आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तर्राष्ट्रिय कानून र मानव अधिकार सम्बन्धि बहुमूल्य पुस्तकसहित दश लाख रुपैयाँ नगद नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका हुन्। उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि बताएका छन्।
लीड्स, लण्डन र अक्सफोर्ड लगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्राडा सुवेदीले आफ्नाे निजी संकलनमा रहेका अन्तर्राष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावी पुस्ताका छात्र/छात्राहरु लाभान्वित हुन आशा गरेका छन्।
प्रदान गरिएकाे दश लाख रुपैंया नगद सहयोगलाई नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरेर त्यसको वार्षिक व्याजबाट प्रत्येक वर्ष नयाँ-नयाँ ग्रन्थहरु पुस्तकालयमा थप्दै जाने व्यवस्था पनि गरिएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।