काठमाडौं– राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झाले संघीय 8वादी फोरम सरकारमा जाँदैमा आफ्नो पार्टीलाई कुनै असर नपर्ने दाबी गरेका छन्।
नेता झाले फोरम सरकारमा गए पनि प्रदेश २ को सरकार नढल्ने पनि स्पष्ट पारे। आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फोरम नेता लालबाबु राउत नेतृत्वको प्रदेश २ को सरकारलाई आफ्नो पार्टीको समर्थन रहिरहने पनि बताए।
प्रदेश सरकारको आफ्नो हैसियत हुने भएकाले यसलाई केन्द्र सरकारको बनावटले कुनै असर नगर्ने नेता झाको तर्क छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।