• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मिल्दोजुल्दो हुन्छन् कोरोना र फ्लूका लक्षण

डा. शेरबहादुर पुन  शनिबार, साउन ९, २०७८  ०७:०१
1140x725

केही दिनअघि एउटा परिवारका सबै सदस्यमा खोकी र ज्वरो देखियो। कोरोनाको त्रास सृजना भइहाल्यो। अहिलेको अवस्थामा त्रास देखिनु स्वाभाविक पनि हो। उनीहरुले एक हप्तामा तीन पटकसम्म कोरोना परीक्षण गराए। तर, तीन पटक नै नतिजा नेगेटिभ आयो। मनमा कोरोनाको डर भने यथावत थियो। उनीहरु थप परीक्षणका लागि टेकु अस्पताल पुगे। सबैलाई फ्लू भाइरस पोजिटिभ देखियो। 

यस्तै उदाहरण अर्को पनि छ। केही दिनको खोकीपछि ज्वरो आउने, घाँटी दुख्ने, थकित हुने, टाउको दुख्ने समस्या देखिएपछि कोरोनाको आशंका भएछ। लक्षण श्रीमतीलाई मात्र थियो। दम्पती नै परीक्षणका लागि टेकु अस्पताल आइपुगे। श्रीमतीलाई फ्लू बी पोजिटिभ नै देखियो। कोरोना थाहा पाउन गरिएको पीसीआर भने नेगेटिभ देखियो।

यी दुई वटा प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय फ्लू संक्रमित बढ्दै गएका छन्। सन् २०२१ को सुरुवातसँगै फ्लू भाइरस नेपालका विभिन्न ठूला शहरमा देखिन थालेका छन्। यस्तो अवस्था सन् २०२० मा भने थिएन। फ्लू र कोरोनाका लक्षण धेरैजसो एक अर्कासंग मिल्दोजुल्दो हुनु नै मानिसमा डर र त्रास सृजना हुने मुख्य कारण हो।       

फ्लू ए र बी भाइरस हरेक सिजन देखिन्छ। एचवान एनवान (स्वाइन फ्लूको नामले चिनिने), एच थ्री (हङकङ फ्लको नामले चिनिने), एचफाइभ एनवान (बर्ड फ्लूको नामले चिनिने) भाइरसहरु फ्लू ए अन्तर्गत पर्ने मुख्य भाइरस हुन्। बर्ड फ्लू मानिसमा संक्रमण गर्न सुरु भएको १० वर्षपछि (सन् २०१९ मा) नेपालमा पहिलो पटक मानिसको मृत्यु भएको थियो। यो नै नेपालको इतिहासमा बर्ड फ्लूको कारणले भएको प्रमाणित मृत्यु थियो। 

कोरोनाभन्दा अघिल्लो 'पेन्डेमिक'को रुपमा स्वाइन फ्लू देखिएको थियो। त्यसपछि यो भाइरस सिजनल फ्लूको रुपमा देखिदै आएको छ। चाखलाग्दो कुरा के छ भने, कोरोना भाइरसको प्रवेशपछी आजको मितिसम्म स्वाइन फ्लू भाइरस देखिएको छैन। तर फ्लु ए अन्तर्गत पर्ने हङकङ फ्लू भने देखिने गरेको छ। हरेक फ्लू सिजनमा हङकङ फ्लू र स्वाइन फ्लू सँगसँगै देखिदै आइरहेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

कोरोना भाइरसको प्रवेशपछी आजको मितिसम्म स्वाइन फ्लू भाइरस देखिएको छैन। तर फ्लु ए अन्तर्गत पर्ने हङकङ फ्लू भने देखिने गरेको छ। हरेक फ्लू सिजनमा हङकङ फ्लू र स्वाइन फ्लू सँगसँगै देखिदै आइरहेका थिए।

नेपालको फ्लू सिजन फेब्रुअरी–मार्च तथा जुलाई–अगस्ट गरी वर्षमा दुई पटक मानिन्छ। तसर्थ आगामी केही हप्ता फ्लू संक्रमित बढ्दै जाने निश्चित प्राय छ। तर, सबै ठाउँमा यसको परीक्षणको सुविधा नहुँदा यकिन तथ्यांक भने आउने छैन। फ्लू बी भाइरसले पनि कडा लक्षणहरु देखाउने गर्छ। लेखकले विगतमा फ्लू बी भाइरस संक्रमितहरु सिकिस्त भएको देखेको पनि छ। फ्लू बी भाइरसले हालसम्म ‘पेन्डेमिक’को रुप लिएको भने छैन।

फ्लू भाइरसले संक्रमण गरे सामान्यदेखि कडा लक्षणहरु देखिन सक्छ। ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु, जीउ दुख्नु, टाउको दुख्नु, थकित हुनु र कसै कसैलाई पखाला लाग्नु यसका मुख्य लक्षण हुन्। सामान्यतया संक्रमण गरेको एकदेखि चार दिनसम्ममा लक्षणहरु देखिन्छन्। बिरामी हुन सुरु भएको तीन चार दिनमा लक्षणहरु कडा हुनसक्छन्। संक्रमितले लक्षण देखिएको एक दिन अगाडि र त्यसपछिको पाँच सात दिनसम्म भाइरसहरु अरुलाई सार्न सक्दछन्। 

Xtrem
Xtrem

फ्लूको जटिल अवस्थामा बढीजसो निमोनिया देखिने गर्छ। फ्लू भाइरसले दीर्घरोगी, गर्भवती तथा बालबालिकामा स्वास्थ जटिलता बढी ल्याउँछ। फ्लूविरुद्ध ओसेलटामीभिर नामक एन्टीभाइरल औषधी प्रयोग गरिन्छ। यो लक्षण देखिएको ४८ घण्टाभित्र प्रयोग गर्दा राम्रो नतिजा दिन्छ। अर्थात्, संक्रमितहरुले द्रुत गतिमा स्वास्थ्यलाभ गर्न सक्छन्। फ्लू विरुद्धको खोप पनि उपलब्ध छ। खोपले विशेष गरेर दीर्घ रोगीहरुलाई जटिल अवस्था हुनबाट रोक्ने गर्छ। फ्लू परीक्षणको लागि र्‍यापिड टेष्ट तथा पीसीआर दुवै प्रविधिको प्रयोग गर्ने गरिन्छ। पीसीआर प्रविधिबाट स्वाइन फ्लू (एचवान एनवान), हङकङ फ्लू (एच थ्री) र बर्ड फ्लू (एच फाइभ एनवान) छुट्याउन सकिन्छ। हाल पीसीआर प्रविधि कोरोना भाइरस पत्ता लगाउन प्रयोग हुँदै आइरहेको छ।                           

माथि उल्लेखित उदाहरणहरुले फ्लूको संक्रमण भए पनि मानिसहरुमा कोरोनाको डर त्रास भएको देखिन्छ। यी दुई भाइरस लक्षणहरुको आधारमा छुट्याउन गाह्रो हुने हुँदा पनि त्यस्तो भएको हो। हाल कोरोनाको त्रास त छँदैछ, फ्लूको संक्रमणले समेत जटिल अवस्था ल्याउन सक्ने वा मृत्यु गराउन सक्ने हुन्छ। तसर्थ फ्लूलाई पूर्णरुपमा बेवास्ता गर्न हुँदैन।

सन् २०२१ देखि नेपालमा फ्लू भाइरसले फेरि ‘कम्ब्याक’ गरिसकेको र फैलँदै गरेको तथ्यांकले देखाउँछ। फ्लू भाइरसको उपचार वा परामर्श कोरोनाको भन्दा फरक हुन्छ। तसर्थ, रुघाखोकी, ज्वरो देखिएर फ्लू र कोरोनामध्ये कुनै एकको टेष्ट गराउनुपर्छ। र, नेगेटिभ देखिए अर्को भाइरसको पनि निदान गर्नुपर्छ।

-डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्

प्रकाशित मिति: शनिबार, साउन ९, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्