• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निधनको ४३ वर्षपछि पुस्तकमा पुष्पलाल

64x64
प्रकाश गुरागाईं बिहीबार, साउन ७, २०७८  १४:५२
1140x725

काठमाडौं– पुष्पलाल श्रेष्ठको मृत्यु भएको ठ्याक्कै ४३ वर्ष भयो। मृत्युको चार दशकसम्म नेपालका कम्युनिष्टहरुले उनको विस्तृत जीवनी खोजी गरेनन्। फाट्टफुट्ट सानो ‘भोल्युम’का पुस्तक लेखिए। कतिपय पुष्पलालको आलोचनाका लागि लेखियो। कतिपय अनावश्यक प्रशंसाका लागि।

पुष्पलालको ४३औँ स्मृति दिवस (७ साउन) पारेर उनको जीवनी ‘नेपाल रत्न पुष्पलाल’ विमोचन भएको छ। विमोचन कार्यक्रम भने सुखद रहेन। पुस्तक लेखनकै क्रममा यसका सह-लेखक माधव पन्थीको निधन भयो। 

विमोचन कार्यक्रममा मौनधारण नै दुई पटक भयो। पहिलो पटक शहीदहरुका नाममा। दोस्रो पटक सह–लेखक पन्थी र पुष्पलाल प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानीको नाममा। दुवै जनाको कोराना संक्रमणबाटै निधन भएको हो।

पुस्तक विमोचन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल।

पुष्पलालको जीवनी लेख्नका लागि करिब दुई वर्षअघि पुष्पलाल स्मृति प्रतिष्ठानले समिति बनाएको थियो। समिति संयोजक वेदुराम भुसाल र सदस्य पन्थी र ढाकाराम सापकोटा थिए।

पुष्पलालको जीवन नेपालमा मात्र सीमित थिएन। उनको अधिकांश समय भारतमा बित्यो। उनीसँग जोडिएका महत्वपूर्ण राजनीतिक घटना भारतमै भए।

पुष्पलालको जीवन नेपालमा मात्र सीमित थिएन। उनको अधिकांश समय भारतमा बित्यो। उनीसँग जोडिएका महत्त्वपूर्ण राजनीतिक घटना भारतमै भए। जस्तो, नेपाली राष्ट्रिय कांग्रेसको गठन हुँदा उनी पनि आबद्ध थिए। राष्ट्रिय कांग्रेसको डिल्लीरमण गुटको कार्यालय सचिवको जिम्मेवारी उनैले निभाए। भारतमै रहँदा भारतीय कम्युनिष्ट नेताहरुसँग सम्पर्क भयो। कार्ल मार्क्सको ‘कम्युनिष्ट घोषणापत्र’लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरे। अनि नेपाली राष्ट्रिय कांग्रेस परित्याग गरेर भारतीय भूमीमा नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरे। नेपालमा राणाहरुको शासन भएकाले यी सबै गतिविधि देशभित्रै गर्न सम्भव थिएन।

२००७ सालदेखि पञ्चायतको सुरुसम्म नेपालमै बसेर राजनीतिमा सक्रिय भए। राजा महेन्द्रले १ पुस २०१७ सालमा ‘कू’ गरेसँगै उनको खोजी सुरु भयो। अनि फेरि निर्वासनमा भारत पुगे। लामो समय भारतमै बसेर कम्युनिष्ट आन्दोलन हाँके। तर, यो अवधिमा कम्युनिष्ट पार्टीहरु एकजुट हुन सकेनन्। अनेक समूहमा विभाजित भए। उनी पनि कम्युनिष्ट पार्टीको एउटा समूह खोलेर सक्रिय भइरहे। पार्टीमा आएको विभाजन र टुटफुटलाई रोक्न सकेनन्। किन पार्टी छिन्नभिन्न भयो र पुष्पलाल यी विभाजनलाई रोक्न किन असफल भए भन्ने इतिहास पनि पुस्तकमा समेटिएको छ।

पुष्पलालको निधन ७ साउन २०३५ सालमा भारतमै भयो। उनको शवलाई तत्कालीन सरकारले नेपाल ल्याउन अनुमति दिएन। पछि अस्तुसमेत ल्याउन रोक्ने प्रयास भएको थियो। तर, पार्टी कार्यकर्ता रहेका रामचन्द्र चापागाईं र आरबी भण्डारीले प्रहरी तथा तत्कालीन शाही नेपाली सेनालाई झुक्याएर नेपाल ल्याइछाडे। अस्तु आउन नदिन सेनाले १६ साउनमा दिल्लीबाट आउने हरेक जहाज घेराउ गरेर चेकजाँच गरेको थियो। तर, भारतबाट सडकमार्ग हुँदै सिमरा ल्याएर त्यहाँबाट मात्र अस्तु जहाजमा काठमाडौं ल्याइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उनको जीवनका यी सबै घटनाहरु खोज्न भारतसम्म पुग्ने योजनामा समिति सदस्यहरु थिए। पञ्चायतकालमा उनीसँग निकट भएर काम गरेका वेदुराम भुषाल आफैंलाई पनि पुष्पलालको भारतस्थित बासस्थान र भारतीय समकक्षी तथा सहयोगीबारे जानकारी थियो। तर, कोरोना महामारीका कारण उनीहरु भारत जान सकेनन्। त्यसैले माधव पन्थीले सन् २००३ मा भारतीय मार्क्सवादी लेखक तथा पत्रकार आनन्दस्वरुप बर्मा र नेता हरकिसनसिंह सुरजितसँग लिएको अन्तरवार्ता र विभिन्न दस्तावेजलाई सन्दर्भको रुपमा प्रयोग गरिएको छ। 

पुष्पलालको जीवनी लेख्न २४८ वटा सन्दर्भ सामग्री प्रयोग गरिएको छ। २५ जनासँग अन्तरवार्ता लिइएको छ। ८ चैत २०७७ मा छोरा उमेशलाल श्रेष्ठसँग लिएको अन्तरवार्ता नै पन्थीका लागि अन्तिम बन्यो। उक्त अन्तरवार्ता तीनै जना लेखकको उपस्थितिमा भएको थियो।

पन्थीले भारतको कुमाउँ विश्वविद्यालयबाट नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदानकै विषयमा विद्यावारिधी गरेका थिए। वेदुरामले जनताको बहुदलीय जनवादको विषयमा र सापकोटाले नेपालको कम्युनिष्ट आन्दोलनमा मनमोहन अधिकारीको भूमिकाबारे विद्यावारिधी गरेका छन्।

तीन जना विद्वान लेखकले पहिला सामग्री जुटाए। अनि लेख्न थाले। लेखनी अन्तिम–अन्तिममा पुगेपछि पन्थी कोरोना संक्रमित भए। गएको ९ जेठमा चितवन मेडिकल कलेज, भरतपुरमा उनको निधन भयो। उनले पुस्तकको आवरणसमेत देख्न पाएनन्।

पुष्पलालको जीवनी लेखनमा उनैका पुस्तक सबैभन्दा महत्त्वपूर्ण सन्दर्भ सामग्री भएको भुसाल बताउँछन्। पुष्पलाल आफैं पनि लेखक थिए। उनले ‘नेपालको कम्युनिष्ट आन्दोलनको संक्षिपत इतिहास’ नामको पुस्तक लेखेका छन्। पार्टी विवादका बेला तुलसीलाल अमात्यले ‘कुन बाटो?’ नामको दस्तावेज लेखेपछि लेख्दा पुष्पलालले ‘हाम्रो मूल बाटो’ लेखेर जवाफ दिएका थिए। पार्टीका दस्तावेजहरु पुष्पलाल आफैं लेख्थे।

पुस्तक विमोचनपछि लेखकद्वय वेदुराम भुसाल (बायाँबाट पहिलो) र  ढाकाराम सापकोटा (दायाँबाट पहिलो)सँग माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे।

पुष्पलालको जीवनी लेखिँदै नलेखिएको भने होइन। २० वर्षअघि दधिराम सापकोटाले ‘कमरेड पुष्पलालको जीवन’ पुस्तिका लेखेका थिए। यसलाई पुष्पलाल स्मृति प्रतिष्ठानको गण्डकी शाखाले प्रकाशन गरेको थियो। यो पुस्तकलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गरिएको छैन। तर, गोविन्द ज्ञवालीले लेखेको ‘समकालीन इतिहासमा क. पुष्पलाल’ र नेत्रप्रसाद पन्थीले लेखेको ‘जीवनी, कृतित्व र शिक्षा’ पुस्तकलाई भने सन्दर्भका रुपमा प्रयोग गरिएको छ। 

पुष्पलाल आफ्नो जीवनकालमै विभिन्न विवादमा फसे। २००८ सालमा उनलाई कम्युनिष्ट पार्टीको महासचिवबाट हटाइयो। पुष्पलाल गणतन्त्र पक्षधर थिए। तर, उनलाई हटाएर राजाप्रति नरम मानिने मनमोहन अधिकारी महासचिव भए।

२०१६ सालपछि चुलिएका पार्टी विवाद र विभाजनमा पनि उनी संलग्न भए। मोहनविक्रम सिंहले त ‘गद्दार पुष्पलाल’ भन्ने पुस्तिका नै प्रकाशन गराए। उनको जीवनजस्तै पुस्तक पनि विवादमा त पर्दैन? लेखन समितिका संयोजक भुसाल भन्छन्, ‘हामीले स्रोतहरुले भनेअनुसारका जानकारी पुस्तकमा राखेका छौँ। कुनै विवाद होला भन्ने लाग्दैन। विवाद गर्नुपरे पुस्तकका विषयमा होइन यसका स्रोतसँग विवाद होला।’

जीवनी लेखनका लागि स्रोत सामग्री जुटाउने खर्च प्रतिष्ठानले नै व्यहोरेको छ। ‘कति बजेटमा काम गर्नुभयो?’ भन्ने प्रश्नमा संयोजक  भुसाल लामो हाँसो हाँसे। अनि बोले, ‘हामीले पुष्पलालको सम्मानमा स्वयंसेवा गरेका हौँ। पत्रपत्रिका, पुस्तक र आवश्यक सामग्री मात्र प्रतिष्ठानले किनेको छ। ती सामग्री पनि पुस्तक लेखनपछि हामीले प्रतिष्ठानमा नै बुझाएका छौँ।’

प्रकाशित मिति: बिहीबार, साउन ७, २०७८  १४:५२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण सोमबार, असोज ५, २०८३
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्