काठमाडौं– अमेरिकाका विभिन्न राज्यमा डढेलो फैलिएको छ। हाल १३ राज्यका ८० ठाउँमा फैलिएको डढेलोका कारण लाखौँ हेक्टर बन तथा जमिनमा नोक्सानी भएको छ।
आवासीय घरसहित एक सय ६० वटा भौतिक संरचना नष्ट भएको समाचारहरुमा उल्लेख छ।
अमेरिकाको ओरिगनमा हालसम्मकै भयानक डढेलो लागेको सरकारी अधिकारीले जनाएका छन्।
डढेलोका कारण त्यहाँका हजारौँ नागरिकलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको समाचारहरुमा उल्लेख छ।
तीव्र गतिमा चलेको हावाहुरीका कारण डढेलो नियन्त्रणमा कठिनाइ भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।