बाढीग्रस्त मेलम्चीकाे फाइल तस्वीर
काठमाडौं– बाढीपहिरोले क्षतिग्रस्त भएका मनाङ र सिन्धुपाल्चोकलाई सरकारले विपत् सङ्कटग्रस्त जिल्ला घोेषणा गरेसँगै विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पुनर्निर्माणको तयारी थालेको छ।
बाढीपहिरोको अत्यधिक जोखिम कायमै रहेको सिन्धुपाल्चोक र मनाङलाई मन्त्रिपरिषद्ले सोमबार विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो।
विश्व बैंकद्वारा सहुलियत ऋणमा सहयोग प्राप्त छ अर्ब रुपैयाँले विपत् सङ्कटग्रस्त जिल्ला तथा प्राकृतिक प्रकोपले समस्यामा पारेका जिल्लामा पुनर्निमाण गरिने प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए।
सरकारले मनाङ र सिन्धुपाल्चोकलाई प्राकृतिक विपत् सङ्कटग्रस्त जिल्ला घोषणा गरेसँगै अरू जिल्लामा भन्दा ती जिल्लामा प्राधिकरणले प्राथमिकतामा राखेर तीव्रताका साथ काम गर्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।