काठमाडौं- आज देशका प्रमुख तथा मझौला नदीहरूमा बहाव सतर्कता तह भन्दा तलै रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव सामान्य रहेको तथा सबैमा सतर्कता तह भन्दा तलै रहेको छ।
आज महाकाली, नारायणी र यिनका सहायक नदीहरुमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमा गरिएको महाशाखाले जनाएको छ। कोशी र कर्णालीका सहायक नदीहरुमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तले रहने पूर्वानुमान रहेको छ।
तिनाउमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने छ। कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई लगायतमा बहाब सामान्य घटबढ हुने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान छ।
प्रदेश १ को पाँचथर, सोलुखुम्बु, संखुवासभा, भोजपुर, खोटाङ, उदयपुर, प्रदेश २ को सप्तरी, सिराह, बारा, पर्सा, बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, मकवानपुर, चितवन, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, नवलपुर, लुम्बिनी प्रदेशको परासी, पाल्पा, रुपन्देही, रोल्पा, रुकुम पूर्व, दाङ, बाँके, बर्दिया, कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, सुदूरपश्चिम प्रदेशको दार्चुला, कैलाली, कंचनपुर, डडेलधुरा, डोटी, अछाम र आसपास जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।