काठमाडौं– कोभिड–१९ दोस्रो चरणको संक्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञाको अवधिमा ३४८ घरेलु हिंसा घटनाका उजुरी दर्ता भएका छन्। राष्ट्रिय महिला आयोगले आयोजना गरेको बढ्दो लैङ्गिक हिंसा नियन्त्रण र रोकथामका लागि आयोगबाट भइरहेका पहल र आगामी दिनमा चाल्नुपर्ने कदमको विषयमा पत्रकारसँग गरिएको अन्तक्र्रियामा उक्त जानकारी दिइएको हो।
आयोगका सचिव मनोजकुमार आचार्यले प्रस्तुत गरेको तथ्यांकअनुसार दर्ता भएका उजुरीमा सबैभन्दा धेरै बागमती प्रदेशमा २४३ वटा घरेलु तथा महिला हिंसाका घटना रहेको छ।
प्रदेश–२ मा २४, प्रदेश–१ मा १४, लुम्बिनी २१, गण्डकी १६, सुदूरपश्चिम १२, कर्णालीमा ६ र प्रदेश नखुलेका घटना १२ वटा दर्ता भएको जानकारी गराइएको छ।
दर्ता भएका घटनामा मानसिक यातनाका ३३१, कुटपिटका २०५, आर्थिक यातनाका १७३, चरित्र हत्याका ६७, विवाह दर्तासम्बन्धी समस्या ३३, सुरक्षा मुद्दा २१, सम्पत्ति हस्तान्तरण १५, यौन दुव्र्यवहार १५, बलात्कार ११ जन्मदर्तासम्बन्धी समस्या २० नागरिकता बनाउन आवश्यक कागजात १४ रहेको छ।
पीडकलाई तत्कालै कानूनी दायरामा ल्याउनु, ग्रामीण क्षेत्रका हिंसामा परेका लागि उजुरी गर्ने स्थानसम्म ल्याउनु, सामाजिक सञ्जालको प्रयोग गरी महिला हिंसा गर्नेविरुद्ध प्रभावकारी काम गर्न नसक्नु र अपाङ्गता भएका महिला र विशेष गरी वैद्धिक अपाङ्गता भएका महिलाको लागि सुरक्षित आश्रयस्थल उपलब्ध गराउनु आयोगका लागि चुनौती भएको सचिव आचार्यको भनाइ छ।
आयोगको अध्यक्ष कमलाकुमारी पराजुलीले हिंसाका बारेमा खबर गर्ने नम्बर ११४५ र समग्र आयोगका बारेमा गाँउगाँउसम्म जानकारी दिन नसक्दा सबै घटना कानूनी प्रक्रियामा आउन नसकेका कारण पीडितले न्याय पाउन समस्या भएको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।